नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिका–५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका–४ का रामबहादुर कुँवरको मृत्यु भएको छ।
दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए। उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने संगमचोक नजिकै शुक्रबार मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए।
पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन्।