कठमाडौं। नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएको उछ।
स्वकीय सचिव कृष्ण खनालले दिएको जानकारीअनुसार क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ।
शुक्रबारदेखि उनको अवस्था झन् जटिल र गम्भीर बन्दै गएको खनालले जानकारी दिए। अहिले पनि उनको अवस्था गम्भीर नै रहेको खनालले बताए।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।
गिरीको उपचारबारे जानकारी हासिल गर्न र स्वास्थ्य लाभको कामना गर्न आज केहीबेर अघि ललितपुरको मेडिसिटी अस्पताल पगेर राष्ट्रपति भण्डारीले स्वास्थ्य लाभको कामना गरेकी छन्।
आजै माओवादी अखध्यक्ष प्रचण्ड पनि गिरीको अवस्था बुझ्न अस्पताल पुगेका थिए। विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणले गिरीको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।