काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने विषय टुङ्गो लाग्ने बताएका छन्।
कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।
प्रदेश सरकार सञ्चालन प्रक्रियामा सफल हुन नसकेको उनले बताए। प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको उनको भनाइ छ। संघीय सरकारले प्रदेश किन बनाएको र केकालागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको थापाले बताए।
महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने दाबी गरे।
अबका ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकाले काम गर्न नसके प्रदेश सरकार खारेज हुने उनले बताए।