तनहुँ। व्यास नगरपालिका–४ स्थित एक होटलबाट घुस लिएको अभियोगमा इन्जिनियर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इन्जिनियर अम्लेशकुमार निक्लम रहेका छन्। उनलाई शनिबार पक्राउ गरिएको हो।
स्याङ्जाको एक विद्यालय भवन निर्माणका क्रममा घुस मागेको आरोपमा उनलाई रु ७५ हजार सहित नियन्त्रणमा लिइएको हो।