काठमाडौं। नेकपा माओवादी केन्द्रका पदाधिकारी चयन भएका छन्। आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारी चयन गरेको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारीको प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावलाई बैठकले पारित गरेको छ। जसअनुसार माओवादीको महासचिवमा देव गुरुङ चयन भएका छन्।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन हुँदा उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव चयन भएका छन्।
सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन्। त्यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल चयन भए।
यो बैठकले पारित गरेको निर्णय केन्द्रीय समितिको बैठकले पारित गर्नेछ।