काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ ।
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरारहेका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।
“कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ”, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस संसदीय दलले नेता गिरीको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।