धनगढी । सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन)अन्तर्गत आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक टेबुल गरेका हुन् । बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य कृष्णराज सुवेदीले समितिमा दफावार छलफल भई तयार पारिएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दशौँ अधिवेशनअन्तर्गत पछिल्लो पटक गएको साउन १८ गते बसेको बैठकपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक १७ दिनपछि आज बसेको हो ।