काठमाडौं। आईपीओ भर्दा लाग्ने शुल्क घट्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले आईपीआ भर्दा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको छ।
आइतबार बसेको बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए।
अब आईपीओ लगायतका सार्वजनिक निष्काषनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल भएको छ। सोहीअनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए।