काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।
सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो।
छलफलमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने, आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत सहमति भएको छ।
यसअघि नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउनेसमेत निर्णय भइसकेको थियो।