सोलुखुम्बु। सोलुखुम्बुको लिखु पिके गाउँपालिका–३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लोकबहादुर भुजेलकी तीन वर्षीय छोरी सौगात भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए।
साँझमा घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु भएको हो।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।