काठमाडौँ । भदौ ७ गते अर्थात भोली नेपाल बन्दको घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीसँगको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पक्राउ पुर्जी विरुद्ध भोली ४ कम्युनिस्ट पार्टीले बन्दको घोषण गरेका हुन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी रहेको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको घोषणा गरेका हुन् ।
उनिहरुले यस अघि भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । भदौ ४ गते देशव्यापी विरोधशभा, भदौ ६ गते आज देशव्यापी मशाल जुलुस समेत गरिसकेका छन् ।
आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि उनिहरुले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।