काठमाडौँ । सररकाले कर्मचारीको वरियता र पदअनुसार तलब मिलान गर्न अध्ययन समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा उच्च स्तरीय अध्ययन समिति गठन गरेको हो। कार्मचारीको वरियता र पद अनुसार तलब निर्धारण गर्न अध्ययन समितिलाई जिम्मेवारी दिइएको छ।
सरकारले चालु आर्थिक वर्षमा १५ प्रतिशत तलब वृद्धि गरे पनि अधिकृतदेखि सचिवसम्मका कर्मचारीले अन्य सरकारी सेवाको तुलनामा कम तलब पाएको भन्दै चोर बाटोबाट आफैँले बढाएका थिए।
तल्लो तहका कर्मचारीको विरोधपछि चोरबाटो बाट बढेको तलब फिर्ता लिएर सरकारले समायेजनाका लागि कार्यदल अध्ययन समिति बनाएको हो। तल्ला तहका कर्मचारीको विरोधका कारण माथिल्लो तहका कर्मचारीको तलब चोरबाटो बाट बढ्न रोकिएको हो।