जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन निर्देशन नदिएको दाबी गरेका छन्।
आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन।”
सातमध्ये ५ प्रदेशका मुख्यमन्त्री फेरिए पनि मधेस सुदू्रपश्चि प्रदेशका मुख्यमन्त्री फेरिएका छैनन्।
अध्यक्ष यादवले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन। मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन।”
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिए।
उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको दाबी गरे।