काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।
आज बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी दिएका हुन्।
एमाले केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्दैछ। त्यसअघि ९ गते पोलिटब्यूरो बैठक बस्नेछ।
आजको बैठकमा ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा सरकारका गलत काम, चुनावी तयारी, राष्ट्रिय अन्तर्राट्रिय परिवेश तथा समसामयिक विषयवस्तु समेटिने ब्रिफिङ गरे।
साथै, आजको बैठकमा प्रदेश ईञ्चार्जले प्रदेशमा पार्टीको अवस्थाबारे जानकारी गराए।