काठमाडौं। फुटपाथ व्यापारीले काठमाडौंका मेयर बालेन शाहको राजीनामा मागेका छन्।
साथै, उनीहरुले मेयरबाट शाहले राजीनामा दिएर फेरि चुनाव गर्नुपर्ने माग गरेका छन्।
आफूहरुलाई फुटपातमा व्यापार गर्न नदिएको भन्दै काठमाडौंका फुटपाथ व्यापारी मेयर बालेनप्रति आक्रोशित भएका छन्। उनीहरुले आइतबार काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी गर्दै बालेनको राजीनामा माग गरेका हुन्।
सडकमा व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई व्यवसाय गर्नदिनुपर्ने वा व्यवस्थापन गर्नुपर्ने माग उनीहरुको छ।
राष्ट्रवादी श्रमिक महासंघका संयोजक किरण देउवाले फुटपाथ व्यापारीका माग सम्बोधन नभए बालेनले मेयरबाट राजीनामा दिएर फेरि चुनाव गर्नुपर्ने बताए। उनले फुटपाथ व्यापारीका माग बालेनले एक हप्तासम्म सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए।