काठमाडौं। पूर्व सांसद सरिता गिरी सिरहा–१ बाट चुनाव लड्ने भएकी छन्।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत सिरहा–१ बाट चुनाव लड्ने घोषणा गरेकी हुन्। उनले सबैसंग सहयोगका लागि आग्रह गरेी छन्।
उनले लेखेकी छन्, ‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु। यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु।’
सिरहा–१ हालै दिवंगत भएका नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको क्षेत्र हो।
उनले बुधबार बिहान मात्रै नेपाल सद्भावना पार्टीबाट अलग भएको र स्वतन्त्र रहेको बताएकी थिइन्। उनी एक महिनाअघि मात्रै सद्भावना पार्टीमा गएकी थिइन्।
२०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट समानुपातिक सांसद बनेकी गिरीलाई लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा राखेर संविधान संशोधन गर्दा विरोध गरेपछि पार्टीले कारबाहीस्वरूप सांसदबाट हटाएको थियो।
गिरी २०६४ को संविधान सभामा तत्कालीन सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन्। मन्त्री पदमा रहँदा अनियमितताको आरोपमा प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई बर्खास्त गरेका थिए।
२०७० को दोस्रो संविधान सभा चुनावमा पनि भने उनी नेपाल सद्भावना पार्टीबाटर्सा–१ मा पराजित भएकी थिइन्।