काठमाडौं। घरेलु टोली केन्याले पहिलो टि–२० खेलमा नेपाललाई १ सय ३१ रनको लक्ष्य दिएको छ।
नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो।
केन्याका लागि विकेटकिपर इफरान करिमले सर्वाधिक ३४, लुकास अलुओचले अविजित ३१ र सचिन भुडियाले १७ रन बनाए।
केन्यालाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका बलर सोमपाल कामीको उत्कृष्ट बलिङ गरे।
नेपालका कामीले ४, सन्दीप लामिछानेले २, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
नेपाल र केन्याबीच दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ।
यसपछि एक दिवसीय खेल हुनेछ।