काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार देशभर ३ जनाको मृत्यु भएको हो । यस्तै ४ हजार ९५४ नमुना परीक्षण हुँदा ४४४ जना संक्रमित भएका छन् ।
१ हजार ९९६ पीसीआर परीक्षणमा २११ र २ हजार ९५८ एन्टीजेन परीक्षणमा २३३ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा ३०७ जना निको भएका छन् । बिहीबारमसम्म सक्रिय संक्रमितको संख्या ४ हजार १९९ रहेको छ।२४ घण्टामा ५ हजार ५९७ जनाले मात्रै खोप लगाएका छन् ।