धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वको अवसरमा दिएको बिदा संशोधन गरेर भदौ १२ गते कायम गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अट्वारी पर्वको बिदा भदौं १२ गते दिने निर्णय गरेको हो । थारु समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुरमा सार्र्वजनिक बिदा लागू हुनेछ ।यसअघि, २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अट्वारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो ।
तर, तिथिमिति अनुसार अट्वारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।