काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूले कानुनअनुसार नै काम गरेको बताएका छन् ।
आज बिहीवार दिउँसो नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएपछि मेयर साहले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’
यस्तै उनले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गरे ।
यसअघि आज बिहान अवैध संरचना हटाउन पुगेका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियो ।