काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा थालिएको अवैध संरचना हटाउने कार्यको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले असन्तुष्टि जनाएको छ ।
संघले करोडौंको लगानीमा संचालन हुँदै गरेको साना व्यवसायीहरुलाई पूर्ण रुपमा विस्थापित हुने गरि बन्द गराउने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।
‘विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था गर्न र व्यवसायलाई अन्य स्थानमा पुनःस्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको हुनाले समयावधि थप गरि यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाही गरी व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था र नयाँ स्थानमा व्यवसाय पुनःस्थापित गर्न समय सीमा उपलब्ध गराउनु पर्नेमा नीजि क्षेत्रको तर्फबाट यस संघ हार्दिक अपिल गर्दछ’, अध्यक्ष दिनेश श्रेष्ठको विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फी रुपमा जबर्जस्ती व्यवसायीहरु विस्थापित हुने गरि बन्द गर्ने कार्य महानगरपालिकाले तत्कालै बन्द गरि उचित समाधानको लागि अनुरोध गर्दछु।’