काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।
ओलीले राजनीतिक प्रतिवेदनमा मुलुकको राजनीतिक स्थिति, सत्ता गठबन्धनका कारण अर्थतन्त्रमा परेको प्रभाव, स्थानीय चुनावको समीक्षा र आगामी चुनावी रणनीतिबारे उल्लेख गरेका छन्।
प्रतिवेदनमा ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटेका छन्।
ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको दावी गरेका छन्।