काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खाली गराएको राहदानी विभागको अन्डरग्राउण्डमा सेवाग्राहीले पार्किङ गर्न पाउने भएका छन्।
सवारी पार्किङका लागि बनाएर ‘वेटिङ रुम’का रुपमा प्रयोग गर्दै आएको त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड पार्किङ महानगरको टोली लिएर मेयर बालेनले शुक्रबार दिउँसो खाली गराएका थिए।
त्यसपछि शुक्रबार नै विभागले एक सूचना जारी गर्दै आइतबारदेखि अन्डरग्राउण्डमा सेवाग्राहीले पार्किङ गर्न पाउने जानकारी दिएको छ।
विभागले पार्किङका रुपमा प्रयोग गर्नुपर्ने अन्डरग्राउण्डलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरेको थियो। दैनिक हजारौं सेवाग्राहीको भिड लाग्ने विभागले पार्किङको सुविधा नदिँदा सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको थियो।