काठमाडौं। काठमाडौं महानगरपालिकाले नक्सा पास बिना बनाइएका अवैध संरचनामा धमाधम डोजर चलाउन थालेको छ।
यसअघि महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ।
नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काउन मेयर बालेन शाह आफैं पनि फिल्डमा उत्रिएका छन्। उनले पार्किङस्थलमा व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको स्थान खाली गराइरहेका छन्।
शनिबार बिहानै पनि महानगरले वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काएको छ। सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानदेखि भत्काउन सुरु गरिएको छ।
अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ। पुनः आइतबारदेखि अभियानले निरन्तर पाउने महानगरपालिकाले जनाएको छ।