काठमाडौं। महिला साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
शनिबार मुख्य प्रशिक्षक कुमार थापाले साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन्।
साफ च्याम्पियनसिप सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौंमा हुनेछ।
नेपाली टोलीः
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ
नेपालको खेल
सेप्टेम्बर ६ मा भुटानसँग,
सेप्टेम्बर १२ मा श्रीलंकासँग
प्रतियोगिताको समूह बीमा नेपाल, भुटान र श्रीलंका छन् भने समूह ए मा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन्।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।