रुपन्देही। प्रधानमन्त्री शेरबहादुर देउवाले आधुनिक पूर्वाधारको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि सम्भव भएको बताएका छन्।
शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह गरे।
प्रधानमन्त्री देउवाले कुनै राजनीतिक विषयमा प्रवेश नै नगरी शहरीकरणको व्यवस्थापन, दीर्घकालीन योजनाले पार्ने प्रभाव र बनेका योजना पूर्ण गतिमा सञ्चालन गर्नुपर्ने विषयमा धारणा राखे। नुभएको थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘यसअघिका अव्यवस्थित शहरले अहिले धेरै खर्च बढाएको छ, समस्या थपेको छ अब त्यसलाई हटाएर दीर्घकालीन योजना बनाउनुपर्दछ।’
बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको दीर्घकालीन विकासमा सहयोग पुर्याउने उनको भनाइ छ।