काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैं उम्मेदवारी घोषणा गर्दै नहिड्न निर्देशन दिएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्। उनले पार्टीले निर्वाचनमा उठाए जित्न, अर्कोलाई उम्मेदवार बनाए जिताउन लाग्न पनि निर्देशन दिए।
उनले भने, ‘पार्टीले निर्वाचनमा उठाए जित्ने, अर्कोलाई उठाए जिताउन लाग्ने, आफैं उम्मेदवारी घोषणा गर्दै नहिड्ने।’
साथै, उनले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन्। तर, त्यो एकता सक्कली हुनुपर्ने बताएका छन्।
आज दोस्रो दिन एमाले केन्द्रीय कमिटी बैठक जारी छ। उक्त बैठक आजै सकिनेछ।