काठमाडौं। एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको छ।
शुक्रबारदेखि सुरु भएर शनिबार सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले जानकारी दिए।
बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पास गरेको छ।
बैठकले भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समानुपातिकमा एक पटक मात्र अवसर दिइने र पछिल्लो चुनाव हार्नेहरुलाई उम्मेदवार नबनाइने बैठकले निर्णय गरेको जानकारी दिए।