काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर जाने भएका छन् ।नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी भदौ १५ गते कञ्चनपुर जान लागेका हुन् ।
ओलीले भदौ १५ गते दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, नेकपा एसका पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द लगायतका नेता कार्यकर्ता एमाले फर्कने तयारी गरेका छन् ।