काठमाडौं। काठमाडौं महानगरपालिकाको डोजर न्युरोडको सुरज अर्केडमा पुगेको छ।
अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरको टोली डोजरसहित सुरज अर्केडमा पुगेको हो।
अहिले त्यहाँ अनधिकृत संरचना भत्काउन थालिएको छ। त्यहाँ पार्किङ खाली पनि गराइनेछ।
आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा अन्य सामान राखेको छ। ती सामग्री हटाउने र पार्किङका लागि खाली गर्ने तयारीमा महानगर छ।
म्हानगरले अनुमतिबिना बनाइएका संचरना भत्काउने अभियान चलाइरहेको छ।