काठमाडौं। धरानका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले मेयर साम्पाङको राजीनामा मागेको हो।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै मेयर साम्पाङको राजीनामा मागेका हुन्।
राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ।’