काठमाडौं। काठमाडौं महानगरपालिकाको न्युरोडको सुरज अर्केडलाई बेसमेन्टमा रहेका पसल खाली गर्न २४ घण्टाको समय दिएको छ।
सोमबार बिहान अर्केडमा महानगरको टोली डोजरसहित पुगेको थियो। सुरज अर्केडको आग्रहमा बेसमेन्टमा रहेका पसल खाली गर्न २४ घण्टाको समय दिएर महानगरको टोली फर्किएको छ।
आर्केडले पार्किङ गर्ने भनिएका ठाउँमा सटर राखेर विभिन्न पसलहरू राखेको छ।
महानगरले अनुमतिबिना बनाइएका संचरना भत्काउने अभियान चलाइरहेको छ।