काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बालेनविरुद्धको मुद्दामा सुनुवाइ भएको हो।
उक्त मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख शाहलाई सातदिनभित्र जवाफ दिन अदालतले आदेश दिएको छ। ‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने होरु सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु,’ आदेशमा भनिएको छ।
’अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई दिए हुन्छ’ भनी सामाजिक सञ्जालमा लेखेपछि अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध आइतवार सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दिएका थिए।
नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश दिएपछि मेयर साहले उक्त कुरा सामाजिक सञ्जालमा लेखेका थिए।