काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुँदैछ। त्यसका लागि राजनीति दलहरू घोषणापत्रको तयारी गर्दैछन्।
यसपटक निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारहरू पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। पहिलोपटक तामझामका साथ स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा रहेका उनीहरू पनि आफ्नो पक्षमा नतिजा पार्न योजना बुनिरहेका छन्।
यसैबीच, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारीमा रहेका स्वतन्त्रहरूलाई ‘स्वतन्त्र अभियान्ता’ पूर्व सचिव भीम उपाध्यायले २० सुझाव दिएका छन्।
उपाध्यायले स्वतन्त्र र वैकल्पिक शक्तिले मनन गर्दै योजना बनाउनुपर्ने भन्दै २० सुझाव दिएका छन्।
हेर्नुहोस्, स्वतन्त्र र वैकल्पिक शक्तिले मनन गर्दै योजना बनाउनुपर्ने भन्दै उपाध्यायले दिएका २० सुझावः
१. ढल व्यवस्थापन,
२. खानेपानी व्यवस्था,
३. फोहरमैला व्यवस्थापन,
४. ट्राफिक व्यवस्थापन,
५. बाढी, पहिरो र डुबान नियन्त्रण,
६. दिसा व्यवस्थापन,
७. भ्रष्टाचार उन्मूलन,
८. सिन्डिकेशन र कार्टेलिंग निवारण,
९. बलात्कार, हत्या र मानवतस्करी नियन्त्रण,
१०. प्रशासन, पुलिस, विकास र न्याय प्रशासनमा सुशासन,
११. वेरोजगारी निर्मूलन वा रोजगारी सिर्जना,
१२. सडक तथा एयरपोर्ट वा यातायात पूर्वाधारको तीव्र विकास,
१३. पर्यावरण व्यवस्थापन,
१४. शान्ति सुरक्षा र अमनचयन,
१५. उद्योगधन्दाको विकास र निर्यातयोग्य वस्तु उत्पादन,
१६. व्यापार शिक्षा स्वास्थ्य वैदेशिक रोजगार व्यावसायमा माफिया निर्मुलन,
१७. सरकारी कर्मचारीमा सदाचार विकास र तिनको प्रभावकारिता र क्षमता सुदृढिकरण,
१८. सडक मर्मत र सुरक्षा व्यवस्थापन,
१९. आध्यात्मिक जागरण र नैतिकताको सामाजिक सद्भाव र सहिष्णूता अभिवृद्धिकरण,
२०. आधुनिक प्रविधि र आईटीको विस्तारिकरण ।