काठमाडौँ । रविन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन् । आज परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका हुन् ।
'आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौं। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो !' उनले भनेका छन् ।
काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गरेका छन् । सिनेमाका दृष्यले आफ्नो भावनासँग जोडिएको उनको भनाइ छ । उनले छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह पनि गरेका छन् ।
'शहरमा हुर्केका-बढेका, कर्णाली र सुदूरपश्चिम कहिल्यै नदेखेका, र मौका पाउँदा सहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह गर्दछु' उनले भनेका छन् ।