धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारालामा तामाङलाई कारबाही गरेको छ । नेकपा एकीकृत समाजवादीमै रहेका बेला संसदमा विशेष समय माग गरेर जिम्मेवारीविरुद्ध बोलेको भन्दै कारबाही गरेको हो ।
नेकपा एमालेबाट निर्वाचित भएका उनी एमाले विभाजनपछि नेकपा एस समाजवादीमा सनाखत गरेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव हुन् ।
तामाङले हिजोको प्रदेश सभा बैठकमा आफू नेकपा एकीकृत समाजवादीमा नरहने र एमाले रोज्ने बताएका थिए । उनको उक्त अभिव्यक्तिविरुद्ध पार्टी प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले विज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको हो ।
केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिस गरिएको छ ।उनलाई प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ ।