काठमाडौं। निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन्।
आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिन उनी सिंहदरबार पुगेका हुन्। उनले महाअभियोग सिफारिस समितिमा बयान दिनेछन्।
उनीविरुद्ध फागुन १ गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि उनी स्वतः निलम्बनमा परेका थिए।
महाभियोग सिफारिस समिति ११ सदस्यीय छ।
जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।