काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिइहरहेको छ।
बुधबार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिइरहेको छ।
यसअघि बन्द कोठाभित्र जवाफ लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो। जसका कारण जवाफ लिन ढिलाइ भएको थियो।
समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले जवाफलाई खुला राख्नुपर्ने धारणा राखे। यद्यपि, नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्काले बन्दमा जवाफ लिनुपर्ने अडान लिए।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्नेछ। रालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ।
गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो। आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार पुगेका छन्।
गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्वन भएका थिए।