काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिइरहेको छ।
बुधबार महाअभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिइरहेको छ।
के भने ?
नेपाली कांग्रेस सचेतकसमेत रहेका महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्मालेका अनुसार जबराले आफूमाथि किन महाभियोग लागेको हो भन्ने प्रश्न गरेका छन्।
जबराले समितिमा महाअभियोग निष्क्रिय भइरहेको र संसदको सम्मानका लागि मात्रै आफू आएको जवाफ दिए।
बयान दिने क्रममा उनले सीमाभन्दा पनि बाहिर गएर प्रतिरक्षा गरेका छन्। तर, ‘महाभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा जबराले भनेका सबै कुराहरू आफुहरुले सामान्य रूपमा लिएको विश्वकर्माले बताए।
जबराले शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश जारी गर्ने पाँच न्यायाधीशमध्ये आफूमाथि मात्रै महाअभियोग लगाइएकोमा आपत्ति प्रकट गरे।
उनले भनेका छन्, खासमा त्यस फैसलालाई लिएर महाअभियोग त एमालेले लगाउनुपर्ने हो। तर यही कुरा मिलेन। परमादेशबाट सन्तुष्टहरुले नै मविरुद्ध महाअभियोग लगाए।
महाभियोग लगाउनु पर्नाका कारण र जबरामाथि उठेका प्रश्नहरूसोध्ने क्रम जारी छ।