काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले काठमाडौं ४ बाटै संघीय निर्वाचन लड्नेगरी तयारी गरिरहेको बताएका छन् ।
‘मैले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
बुधबार थापाको नामबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि निवेदन परेको थियो । कास्की क्षेत्र १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि आफ्नो नाम प्रस्तुत गरेकामा थापाले धन्यवाद दिएका छन् ।