धनगढी,१६ भदौ । नेपाली काँग्रेस कैलाली – ५ ‘क’बाट डा. आरजु राणा देउवा सङ्घीय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् ।
नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधवार बसेको बैठकले डा.आरजु राणा देउवा सङ्घीय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनाएको हो ।
त्यसै गरी सङ्घीय समानुपातिकका लागि पनि महिलाका तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् ।आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुपातिक तर्फमा भने २६ जनले दाबी गरेका छन् । बुधवार नेपाली काँग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।यसै गरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।
जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरेको सचिव नीरज विष्टले जनकारी दिएका छन् ।