काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ।
बुधबारबारदेखि बयान सुरू भएको हो। बयानका लागि ४३ प्रश्न तय गरिएको छ। पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ। निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिएका थिए।
छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निश्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ।
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयानुसार राणा आज बयानका लागि समितिमा उपस्थित भएका थिए।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे।
राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ।
समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी छ।