काठमाडौं। गर्भवतीको मृत्युपछि पोर्चुगलमा स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी छन्।
एक गर्भवती पर्यटकलाई अन्य अस्पतालमा रिफर गर्ने क्रममा बाटोमा मृत्यु भएपछि त्यहाँकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी हुन्।
डाक्टरहरुको अभावका कारण त्यहाका केहिी अस्पतालहरूमा बिदाको दिनमा आपतकालीन प्रसूति सेवाहरू बन्द गर्ने निर्णय गरेको थियो।