काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।
बिहीबारबाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ।
निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ।
यसअघि ३ पटकसम्म मूल्य घटेर आए पनि निगमले नेपालमा घटाएको थिएन। बिहीबा् मूल्य सामान्य बढेर आए पनि नेपालमा भने यथावत रहने छ।