डडेल्धुरा । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि डडेल्धुराबाट शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बिहीबार बसेको दुवै क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्यका लागि देउवालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिश गरिएको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए । भोलि बस्ने जिल्ला कार्यसमितिको बैठले सोही निर्णयलाई सदर गर्ने उनले बताए ।
देउवा यसअघि पनि डडेल्धुराबाटै सांसदमा निर्वाचित भएका थिए ।उनी वर्तमान प्रधानमन्त्रीसमेत हुन् ।