काठमाडौँ । चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् ।त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भए ।
सङ्घमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा कसैको उम्मेदवारी नपरेपछि कार्यसमिति निर्विरोध चयन भएको हो ।
सङ्घको पहिलो काम निर्माता एक ठाउँमा भेला गराएर नेपाली चलचित्रको क्षेत्रको समस्याबारे छलफल, अन्तक्र्रिया गरिने खड्काले राससलाई बताए।
नेपालभित्रै नेपाली चलचित्र रक्षात्मक पङ्क्तिमा परेको छ, नेपाली चलचित्रलाई ‘प्राइम टाइम’ मा देखाउने र हलले सो समय उपलब्ध गराउने उहाँको मुख्य प्राथमिकता रहेको छ ।सङ्घको सदस्यमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, रामबाबु गुरुङ, किरण नेपाली, खगेन्द्रप्रसाद लामिछाने र शेखर लामा चयन भएका छन् ।