काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । यो मूल्य बिहीबार रातिदेखि लागू हुने निगमले जनाएकव छ ।
बिहीबारमात्रै भारतीय आयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।