धनगढी। कैलालीमा ३८० भन्दा बढी घर डुबानमा परेका छन्। गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो। सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ।
काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोतव्यक्ति खिम पनाडीले जानकारी दिए। उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ। त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ।
घरहरुमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ। यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका–७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिए।