चितवन। चितवनमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
शुक्रबार भरतपुर महानगरपालिका–२९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रोबस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जुगेडी पुलमा माईक्रोबस अनियन्त्रित भई पल्टँदा चालकसहित १६ जना घाइते भएको जानकारी दिए।
घाइते मध्ये १३ जनाको चितवन मेडिकल कलेजमा र तीन जनाको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।