काठमाडौं। नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यालाई २३१ रनको लक्ष्य दिएको छ।
नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनायो।
नेपालका कप्तान रोहित पौडेलले ७८ रन बनाए। त्यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, आदिल अन्सारीले १४, करण केसी ११ रन बनाए।
तीन एकदिवसिय अभ्यास सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।
केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए।